नेपालगन्जको व्यस्त सडकमा गुडी रहेको मोटरसाईकलमा एक्कासी आगो लागेपछि…(भिडियो सहित)

५ मंसिर २०७४, मंगलवार १४:४६
 

सदरलाइनडटकम
५ मंसिर, नेपालगन्ज : नेपालगन्जको व्यस्त सडक धम्बोझी–पुष्पलाल चोक नजिकै होटल पाहुना घर अगाडिको सुर्खेतरोडमा चल्दा चल्दैको मोटरसाईकलमा एक्कासी आगो लागेको छ ।
भे ५ प ९५०३ नं. को पल्सर मोटरसाईकलमा एक्कासी आगलागी भएको थियो । मोटरसाईकल गतिमा नभएको कारण मोटरसाईकल चालक भने जोगिएका छन् ।
चल्दा चल्दैको मोटरसाईकलमा एक्कासी आगलागी भएपछि व्यस्त सडकमा आवागमनमा रहेका मानिसहरुको भिड लागेको थियो । नजिकैको राष्ट्रिय बाणिज्य बैंकमा राखिएको फायर डिस्टिङ्गुसरको मद्दले आगो नियन्त्रणमा लिएको थियो ।
सो घटनामा मानविय क्षति नभएपनि मोटरसाईकल भने जलेर पूर्ण नष्ट भएको छ । गुडिरहेको अवस्थामा मोटरसाईकलमा ईलेक्ट्रिक सर्ट भएर आगो लागेको हुनसक्ने आशंका गरिएको छ ।


Next Post

वाम गठबन्धन उम्मेदवार प्रतिबद्धता पत्र बोकेर पुगे घरदैलोमा

५ मंसिर २०७४, मंगलवार १४:४६
सदरलाइनडटकम ५ मंसिर, नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं. २ मा वाम गठबन्धनका उम्मेदवारहरु व्यक्तिगत चिनारी र विकासे एजेन्डासहितको प्रतिबद्धतापत्र बोकेर घरदैलोमा गर्न सुुरु गरेका छन् । गठबन्धनको प्रचार सचिवालयले दिएको जानकारी अनुसार मंगलबार नेपालगन्जको वडा नं. ९ बाँकेगाउँ आसपासमा वामगठबन्धनका उम्मेदवार तथा नेता–कार्यकर्ताले व्यक्तिगत चिनारी र विकासे एजेन्डासहितको प्रतिबद्धतापत्र बोकेर […]