बाँकेका युवाका लागि तीनदिने मानव बेचबिखनबिरुद्ध तालिम

४ मंसिर २०७४, सोमबार २०:५५
 

सदरलाइनडटकम  
४ मंसिर, नेपालगन्ज : हाम्रो आवाज चेलिबेटी वेचविखन मुक्त समाज भन्ने मूल नाराका साथ माईती नेपाल नेपालगन्जद्वारा बाँके जिल्लाका मानववेचविखनको उच्चजोखिममा रहेका गाँउपालिका, नगरपालिका र उप–महानगर समेतका युवाहरुलाई मानव बेचविखनविरुद्धको तीन दिने तालिम दिईएको छ ।
मानव बेचविखन विरुद्ध क्रियाशील माईती नेपाल नेपालगंन्जले आयोजना गरेको सो कार्यक्रमा युवाहरुलाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत मानव बेचविखनको अवस्था कारण, दलालहरुले अवनाउने तौरतरिका, संम्पर्क स्थानहरु कानुनी व्यवस्था, बैदेशिक रोजगार, सुरक्षित वसाईसराई र मानव बेचविखनविरुद्ध युवाहरुको भुमिका लगायतको वारेमा पूर्णरुपमा प्रशिक्षण दिईएको माईती नेपालका नेपालगन्ज संयोजक केशव कोईरालाले जानकारी दिए ।
तालिममा ुहभागि रहेका युवाले मानव बेचबिखन बिरुद्ध सक्रिय रहि कार्य गर्ने गरि व्यक्तिगत र सामुहिक रुपमा गर्न सकिने कार्यहरु सहितको कार्ययोजना समेत तयार पारेको र व्यक्तिगत तवरबाट गर्न सकिने कार्यहरुमा आफु सचेत रहि परिवार र सथिहरु सवैलाई सचेतना फैलाउने, शंकास्पद व्यक्तिहरु र जोखिममा रहेका व्यक्तिहरुको वारेमा निगरानी राख्ने, परामर्श दिने र आवस्यकता अनुसार सम्वन्धित निकायसंग समन्वय गर्ने रहेका छन् ।
यसैगरी पीडित प्रभावितहरुलाई आवश्यक सहयोग र परामर्श प्रदान गर्ने, चोक, चौतारा पसालहरु समेतमा मानव बेचविखन विरुद्ध छलफल एवं वहस संचालन गर्ने लगायतका कार्यहरु गर्ने रहेको क्षेत्रीय संयोजक कोईरालाले जानकारी दिए ।
उनले सामुहिक रुपमा गरीने क्रियाकलापहरुमा मानव बेचविखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, ¥याली, घरदैलो जस्ता कार्यक्रमहरु गर्ने, मानव वेचविखन विरुद्ध क्रियाशिल सरकारी र गैर सरकारी संघ संस्थाहरुसंग समन्वय गर्ने, पीडित प्रभावितहरुलाई आवश्यक सहयोग र परामर्शहरु प्रदान गर्ने, हिंसामा परेका पीडित प्रभावितहरुलाई आत्मसम्मान पूर्वक बाँच्न पाउने वातावरण सृजना गर्दै पुनःस्थापनाका लागि क्रियाशिल रहने लगायतका क्रियाकलापहरु रहेको बताए ।
तालिमका सहभागि बिमल भण्डारीले मानव बेचविखनको समस्याको रुपमा रहेको र यसका बिरुद्ध सबै युवाहरु सचेत रहदै क्रियाशील हुने प्रतिबद्धता व्यक्त गरे । उनले भने–‘यो हामी सबैको समस्या हो यसको सबैले मिलेर सामना गर्न आवश्यक छ र हामी सबैले गाँउगाँउसम्म चेतना फैलाउने छौ ।’
सहभागी निर्जला बिकले तालिममा सिकेका कुराहरु समुदायस्तरमा फैलाउने बताईन । उनले भनिन–‘ तलिममा सिकेका कुरा अव व्यवाहारिक रुपमा उर्तानु पर्छ । महिला वालवालिका प्रतिको हामि र हाम्रो समाजको सोच र दृष्टिकोणमा ठुलै परिवर्तन ल्याई मानव बेचविखन विरुद्ध जिम्मेवार र व्यवहारीक रुपमा क्रियाशिल रहन आवश्यक छ ।’
यसैबीच यसअघी गठन भई क्रियाशिल रहेको जिल्लास्तरिय ‘माईती युवा सन्जाल बाँके ’ लाई अझ प्रभावकारी रुपमा क्रियाशिल गराउदै सो संजलले बाँके जिल्लामा मानव बेचबिखन बिरुद्ध महिला वालवालिकामा आधारित मानव अधिकारमुखि कार्यक्रमको समय समयमा समिक्षा गर्दै थप प्रभावकारी रुपमा लैजाने भएको छ ।
सो अवसरमा र्माइती युवा संजालका अध्यक्ष मेघबहादुर खत्री , कोषाध्यक्ष पुष्पा सुनार र संजालका सल्लाहाकार मधु पौडेल समेत तीन दर्जन बढि युवाहरुको उपस्थिति रहेको तालिममा माईती नेपाल नेपालगन्जका सयोजक कोईराला, सहसयोजक गायत्री रिमाल, केन्द्रीय वालकल्याण समितिका श्रोत व्यक्ति भिम अवस्थी , अभियान नेपालका कमला पन्त, जिल्लाका युवा अगुवा आशिस बर्मालगायतले सहजिकरण गरेका थिए ।

Next Post

वाम गठबन्धनको घरदैलोलाई व्यापार संघका अध्यक्षको स्वागत

४ मंसिर २०७४, सोमबार २०:५५
सदरलाइनडटकम  ४ मंसिर, नेपालगन्ज : वामगठबन्धनका बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा उम्मेदवार पशुपतिदयाल मिश्रले हिमाल, पहाड र तराईका शोषण उत्पीडन अन्त्य गरेर समुचित विकास गर्ने प्रतिबद्धता गरेका छन् । उनले सोमबार आफ्नो निर्वाचन प्रचारको क्रममा घर दैलोमा मतमाग्ने क्रममा नेपालगन्जको विकास र समृद्धिका लागि आफूहरु अग्रसर हुने बताए […]