घरपरिवारमा बालमैत्री बाताबरण दिन नसके बालबालिका बेचविखनको जोखिममा पर्न सक्ने

३० कार्तिक २०७४, बिहीबार १८:१०
 

सदरलाइनडटकम 
३० कात्तिक, नेपालगन्ज : बालबालिकालाई घरपरिवारमा बालमैत्री बाताबरण दिन नसके बेचविखनको जोखिममा पर्न सक्ने नेपालगन्जमा आयोजित कार्यक्रमका सहभागिले औल्याएका छन् ।
प्लान नेपालको आर्थिक सहयोग तथा साथी संस्था नेपालगन्जको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारको बर्तमान अवस्था र बालबालिकाको संरक्षणमा विद्यालयको भूमिका विषयक एक दिने कार्यशालाका सहभागिले सो कुरा औल्याएका हुन ।
सो कार्यक्रमका सहभागि तथा आदर्श मावि राँझाका पधानाध्यापक प्रकाश आचार्यले बालबालिकालाई विद्यालय, समाज र घरपरिवारले उत्तिकै जिम्मेवारीका साथ उनीहरुको मनोभावना बुझेर संरक्षण तथा पालनपोषण गर्नु पर्ने बताए ।
उनले बालबालिकालाई विद्यालय आउने बताबरण अभिभावक, शिक्षक र विद्यालयले निर्माण गर्ने र सबैले आ–आफ्नो स्थानबाट उनीहरुका गतिविधिलाई नियाल्दै राम्रोलाई राम्रो भनेर स्वाब्वासी दिने नराम्रोलाई नराम्रो भनेर उनीहरुलाई काउन्सिलिङ्ग गर्न आवश्यक रहेको सुझाव दिए ।
स्थानीय तहका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, समाजिक शिक्षक र विद्यालय व्यवस्थापन समितिका पाधिकारी सहभागि सो कार्यक्रममा साथी नेपालगन्जका कार्यक्रम संयोजक कमला पन्थले कार्यक्रमको उद्देश्य र लक्षका बारेमा अवधारणा पत्र प्रस्तुत गरेकी थिईन ।
कार्यक्रममा सहभागि शिक्षिका दिलमाया पुनले बालबालिका कतिपय अवस्थामा विपन्नताको कारणले पनि घरेलु काममा विद्यालय नगई बस्ने हुनाले पनि उनीहरु साँझ विहानको छाक टार्नको लागि काम गर्न जानुपर्ने बाध्यता रहेको संगै काम गर्न जाँदा कै अवस्थामा बेचविखनको जोखिममा समेत पर्न सक्ने बताईन ।
गाउस्तरिय बालबालिका संरक्षण समितिका सदस्य चक्रबहादुर बुढाले विद्यालयको बाताबरण मात्र बालमैत्री बनाउने साथै विपन्न परिवारका बालबालिकाको पहिचान गरि उनीहरुका अभिभावकलाई आयमुलक तथा रोजगारमुलक कार्यक्रममा सहभागि गराउन सके बालबालिका बेचविखनको जोखिममा पर्नबाट बच्न सक्ने ठोकुवा समेत गरे ।
साथी संस्था नेपालगन्जले प्लान नेपालसंगको सहकार्यमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ जयसपुर र २० मनिकापुर, कोहलपुर नगपालिकाको रझेना, राप्ती सोनारी गाउपालिकाको कचनापुर, बैजनाथ गाउपालिकाको टिटिहिरिया, चिसापानी, नौबस्ता, बनकटुवा, जनाकी गाउपालिकाको गनापुर र खजुरा गाउपालिकाको उढरापुरका गरी ३ हजार ५ सय ३३ बालिका तथा किशोरीलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

Next Post

लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान काँग्रेसको ध्यान विकास र सम्बृद्धिमा

३० कार्तिक २०७४, बिहीबार १८:१०
सदरलाइनडटकम ३० कात्तिक, नेपालगन्ज : काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनको चुनावी अभियानका क्रममा बिहीबार बाँकेको खजुरा क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आगामी मंसिर २१ गते हुने निर्वाचनमा प्रतिनिभि सभा तथा प्रदेश सभाका उम्मेदवार तथा नेताहरुसँग स्थानीयले बर्सोदेखि आफुहरु धुलाम्मे र हिलाम्मे सडकमा हिड्नु परेको भन्दै सडकको […]