नेपालगन्जका विभिन्न वडाहरुमा सरसफाई अभियान

२५ कार्तिक २०७४, शनिबार १८:३९
 

सदरलाइनडटकम
२५ कात्तिक, नेपालगन्ज : नेपालगन्ज उप–महानगरमा विभिन्न वडाहरुमा स्वस्फूर्त सरसफाई अभियान सञ्चालन गरिएको छ । यस क्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नं. १२ र २० मा सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।
तेस्रो हप्तामामा गरिएको कार्यक्रमले बिपी चोकदेखि मुक्तिपुर जाने बाटोको सरसफाई गरिएको वडा नं.१२ का अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । सो कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेश सभाका उम्मेवारले समेत सहभागिता जनाएका छन् । लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नं.२ मा प्रतिनिधिसभाका उम्मेदवार राप्रपाका ओमप्रकाश आजाद तथा प्रदेशसभाका लागि नेपाली कांग्रेसतर्फका उम्मेदवार सुरेन्द्र हमाल लगायत स्थानीयले कुचो लिएर बाटो सरसफाई कार्यक्रममा सहभागिता जनाएका थिए ।
वडा अध्यक्ष सुवेदीेले तेस्रो हप्ताका रुपमा सरसफाई गरिएको बताए । उनले नेपालगन्जलाई सफा र स्वच्छ बनाउनका लागि सबै लाग्नुपर्ने भएकाले आफुहरु पनि सक्रिय भएको बताए । फोहोर नगरौ, सभ्यताको परिचय दिउँ भन्ने सन्देशसहित सो वडामै रहेको मैत्री तथा सृजनशील टोल सुधार समितिको नेतृत्वमा सरसफाई गरिएको थियो ।
यसैगरी शनिबार बिहान नै नेपालगन्ज उप–महानगपालिका वष नं. २० को राँझा चोक आसपासमा सरसफाई अभियान सञ्चालन गरिएको सो वडाका अवडा अध्यक्ष कृष्ण कार्कीले जानकारी दिए । नेपालगन्ज विमानस्थल समेत रहेको सो वडालाई सफा र स्वच्छ वडा बनाउने उद्देश्यका साथ अभियान सञ्चालन गेरको उनले स्पष्ट पारे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोकतान्त्रिक गठबन्धनको प्रचार कार्यालय उद्घाटन साथै घरदैलो

२५ कार्तिक २०७४, शनिबार १८:३९
सदरलाइनडटकम २५ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै लोकतान्त्रिक गठबन्धनले बाँकेमा प्रचार अभियानलाई तिव्रता दिएको छ । निर्वाचनलाई लक्षित गर्दै सशक्त र प्रभावकारी प्रचार प्रसारका लागि कागे्रस र राप्रपा सम्मिलित गठवन्धनका तर्फबाट शनिबार नेपालगन्ज–२ मा प्रचारप्रसार कार्यालय स्थापनासहित घरदैलो अभियान […]