विभिन्न कार्यक्रमका साथ गुरुनानक दिवस मनाईयो

१८ कार्तिक २०७४, शनिबार १७:५०
 

सदरलाइनडटकम
१८ कात्तिक, नेपालगन्ज : शिख धर्मालम्वीहरुले महान पर्व ५४८ औं गुरुनानक जयन्ती विभिन्न कार्यक्रमका साथ मनाईएको छ । नेपालमा अत्यन्तै न्यून धार्मिक अल्प संख्यकको रहेका शिख समुदायले नजिकको गुरुद्वारामा जम्मा भएका गुरुनानक जयन्ती मनाएका छन् ।
त्यसक्रममा नेपालगंजमा रहेका शिख समुदायले पनि बिभिन्न धार्मिक गतिबिधि गरेर मनाईएको छ । गुरुनानक जयन्तीको अवसरमा नेपालगन्जको विपीचोकस्थित गुरुद्वारामा गरुनानक बारे धार्मिक प्रवचन, भजन, किर्तन तथा प्रसाद बितरण गरि मनाईएको नेपालगन्ज गुरुद्वाराका सल्लाहकार अमरजित सिहले जानकारी दिए ।
बिहिबारदेखि गुरुद्वारमा शुरु भएको अखण्ड पाठ शनिबार समापन गरिएको पनि उनले बताए । गुरुनानक जयन्तीको अवसरमा गुरुद्वारमा निसानमा नयाँ कपडा राख्ने तथा दिप प्रज्वलन गरी सजाउने समेत गरिन्छ ।
शनिबार विहानै विभिन्न राजनीतिक पार्टीका उम्मेदवार तथा नेता कार्यकर्ताहरु गुरुद्वारा पुगेर गुरुसहेवको दर्शन गरेर आफ्नो मनोकामना पुरार गरिदिनको लागि आशिस मागेको उत्तमसिंह सोणीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बाम गठबन्धनको संयुक्त निर्वाचन परिचालन कमिटी

१८ कार्तिक २०७४, शनिबार १७:५०
सदरलाइनडटकम  १८ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन आफ्नो पक्षमा पार्नको लागि संयुक्त बाम गठबन्धनले बाँकेमा निर्वाचन परिचालन सचिवालय गठन गरेको छ । गठबन्धनको संयुक्त बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन परिचालन सचिवालय गठन गरेको छ । […]