औद्योगिक र पर्यटन विकासको शहरको रुपमा सम्भावना छ नेपालगन्जमा : अध्यक्ष राणा

११ कार्तिक २०७४, शनिबार १९:१८
 

सदरलाइनडटकम
११ कात्तिक, नेपालगन्ज : नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले नेपालगन्ज पर्यटन तथा औद्योगिक विकासको संभावना भएको बताएकी छन् । नेपालगन्ज उद्योग बाणिज्य संघको स्वर्णदिवस तथा २५ औं र २६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सो कुरा बताएकी हुन ।
उनले नेपालगन्जलाई औद्योगिक र पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नको लागि प्रयाप्त पूर्वाधार भएको कुरामा जोड दिदै भनिन–‘नेपालगन्जलाई औद्योगिक र पर्यटकिय शहरको रुपमा विकास गर्नको लागि प्रसस्त पूर्वाधारहरु रहेका छन् ।’
अध्यक्ष राणाले आफु पनि नेपालगन्जको बासिन्दा भएकोले यहाँको बृहत्तर विकासको लागि आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताईन । उनले नेपालगन्जलाई पर्यटकिय शहरको रुपमा विकास गर्न र नेपालगन्जलाई मानसरोवर जानको लागि मुख्यद्वारको रुपमा विकास गर्नको लागि विमानस्थलको स्तरोन्नती गर्नुपर्ने आवश्यकता औल्याउदै अध्यक्ष राणाले भनिन–‘नेपालगन्जमा लामो समयदेखि अन्तराष्ट्रिय स्तरको विमानस्थल बनाउनुपर्ने व्यवसायीहरुको मागलाई भैरहवा विमानस्थलले पर धकेले पनि क्षेत्रीयस्तरको विमानस्थल बनाउन तर्फ सर्बैको पहल हुन आवश्यक छ ।’
अध्यक्ष राणाले प्रदेश नं. ५ को सिमांकनले नेपालगन्जलाई ठुला शहरसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था सृजना गरेकाले गम्भीर बन्न सबैलाई आग्रह गरिन । उनले नेपालगन्जमा उद्योगहरुको चाप बढ्दै गएकाले सरकारले छुट्याएको औद्योगिक क्षेत्रको पुर्वाधारको काम सकेसम्म चाँडो सक्नुपर्ने र भारतीय रेलवेसँग जोडेर नेपालगन्ज नाकालाई पश्चिम नेपालको प्रमुख सुख्खा बन्दरगाह बनाउन सकिने बताईन ।
अध्यक्ष राणाले व्यवसायीले भौग्दै आएका अण्डरबिलीङका समस्या, भन्सारका समस्या र अनुगमनका नाममा व्यवसायीलाई दुःख दिने प्रवित्तीको अन्त हुनुपर्नेमा जोड दिईन । उनले व्यवसायीलाई साथमा लिएर यस क्षेत्रको विकासमा जुट्न स्थानीय जनप्रतिनिधीलाई पनि आग्रह गरिन ।

संघको स्वर्ण जयन्ती तथा साधारण सभा

नेपालगन्ज उद्योग बाणिज्य संघले स्थापनाको स्वर्ण बर्ष तथा २५ र २६ औं बार्षिक साधारणसभा भव्य कार्यक्रमका साथ मनाएको छ । संघका अध्यक्ष नन्दलाल बैश्यको सभापतित्वमा भएको कार्यक्रमको उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्घाटन गगरेकी थिईन ।
उद्घाटन कार्यक्रममा बोल्दै उद्यागि व्यवसायी एवं विभिन्न क्षेत्रका व्यक्तिहरुले नेपालगन्जको सम्भावनालाई साकार पार्न संघले नेतृत्वदायि भुमिका खेल्नुपर्ने बताए । नेपालगन्ज उप–महानरपालिकाका अध्यक्ष धवलसमशेर राणाले निजी क्षेत्रको सहयोगबिना स्थानीय सरकारले केहि गर्न नसक्ने बताए । यसैगरि उद्योगी व्यवसायीले खुला सिमाका कारण उत्पन्न समस्या, भन्सार राजस्वका समस्या न्युनीकरण्का लागि संघले ठोस कार्यक्रम ल्याउनुपर्ने बताएका छन् ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा उनीहरुका धमपत्निहरु, १० वर्ष निरन्तर सेवा गरेका संघका पदाधिकारी, उत्कृष्ठ निकासीकर्ता व्यवसायी, उत्कृष्ठ कर्मचारी लगायतका व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । संघले पूर्वअध्यक्षहरु स्वर्गीय गौरीशंकर मोहपाल, केदारनाथ टण्डन र ओमकार मल खेतानलाई मरणोपरान्त सम्मान गरेकोे छ ।
त्यसैगरी संघका पूर्वअध्यक्षहरु र उनीहरुका धर्मपत्नीलाई समेत सम्मान गरिएको छ । पूर्वअध्यक्ष कनैयालाल टण्डन, अच्युत पसाई, सतिश अग्रवाल, दामोदर आचार्य र सुनिल शर्मा दम्पतिलाई सम्मान गरिएको हो । त्यसैगरी निर्वतमान उपाध्यक्ष कपिल देव अधिकारी, कोषाध्यक्ष विष्णु गौतम, प्रदिप गुप्ता, रचना श्रेष्ठलगायतलाई पनि सम्मान गरिएको छ ।
सोही कार्यक्रममा पूर्व एशोसियट सदस्यद्धय प्रदिप छाछेड र सन्तोष कनोडियापनि सम्मानित भएका थिए संघले उत्कृष्ट निर्यातकर्ता गंगा रोजीन एण्ड टर्पेनटाइन, खनाल र बंगलाचुली तथा सिजि बायुटेक प्रालिलाई पनि सम्मान गरेको छ । कार्यक्रममा चर्चित हास्य कलाकार जितु नेपाल मुन्द्रेले राजनीति र समाजमा देखिएका विभिन्न विकृतिहरुमाथि व्यङ्ग्यात्मक शैलीमा प्रहार गरेका थिए ।


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भन्सार छलेर भित्रिएको भारतीय ट्रक प्रहरी नियन्त्रणमा

११ कार्तिक २०७४, शनिबार १९:१८
सदरलाइनडटकम    १२ कात्तिक, नेपालगन्ज : मध्यरातमा भन्सार छलेर नेपालगन्ज भित्रिदै गरेको भारतीय ट्रक प्रहरी नियन्त्रणमा परेको छ । करिब ७० लाख बराबरको भन्सार छलीको सामान रहेको सो ट्रक संघिय प्रहरी ईकाई कार्यालय नेपालगन्जबाट खटेको प्रहरीको विषेश टोलीले नियन्त्रणमा लिएको हो । प्रहरीले शनिवार राति करिब ११ः३० बजेको समयमा युपी […]