लौकीखोला पुलमा बस दुर्घटना हुँदा तीनको मृत्यु १० घाइते एक गम्भीर

२४ आश्विन २०७४, मंगलवार १५:५४
 

 सदरलाइनडटकम
२४ असोज, नेपालगन्ज : काठमाण्डौबाट धनगढीको लागि छुटेको ना ४ ख ८२५५ नंबरको यात्रुबाहक बस बाँकेको राप्ती सोनारी–१ स्थित लौकीखोला पुलमा दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख प्रहरी निरिक्षक नवराज पोखे्रलले दिएको जानकारी अनुसार सो घटनामा परेर मृत्यु हुने मृतक मध्ये दुई जनाको सनाखत भएको छ । भने एक जनाको सनाखत हुन बाँकी छ ।
बैतडि रुद्रेश्वर गाउपालिका–४ बस्ने ४५ वर्षिय बाहिनी बोहरा र भद्रपुर–४ नेटा डडेलधुरा घर भई नेपाली सेनाको सुर्यदलगण बिराटनगरमा कार्यरत १९ वर्षिय रविन्द्र पाण्डे रहेको र एक जना अधबैशे पुरुषको सनाखत हुन बाँकी रहेको छ ।
बिहान करिव सवा १० बजेतिर बाँके राष्ट्रिय निकुञ्जको चेकपोष्ट पार गरेर करिव एक किलोमिटर दुरी पार गर्ने बित्तिकै सो बस दुर्घटना भएको थियो । मृतक सेनाका जवान पाण्डे सोही चेक पोष्टबाट धनगढी जानको लागि बस चढेको जानकारीमा आएको छ ।
सो घटनमा परी घाइते भएका सबैको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको छ । घाइते मध्येका सोही बसका सञ्चालक घोडाघोडी–१० का २७ वर्षि याम प्रसाद पौडेलको अवस्था अत्यन्त चिन्ता जनक रहेको प्रहरीले जनाएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खजुरा गाउपालिकाले वडा नं. १ देखि सुरु गर्यो जेष्ठ नागरिकको लागि निशुल्क स्वास्थ्य शिविर

२४ आश्विन २०७४, मंगलवार १५:५४
सदरलाइनडटकम २४ असोज, नेपालगन्ज : खजुरा गाउपालिकाले जेष्ठ तथा असाहे नागरिकको लागि लक्षित गरी विशेषज्ञ सहितको स्वास्थ्य शिविरको सुरुवात गरेको छ । वडा नं. राधापुरबाट सुरु गरीएको सो स्वास्थ्य शिविर गाउपालिकाको सबै वडामा सञ्चालन गरिने गाउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । उनले भने–‘जेष्ठ नागरिक तथा असाहे नागरिक जो […]