खजुरा गाउँपालिकाले जेष्ठ नागरिकका लागि आठ दिने स्वास्थ्य शिविरको आयोजना गर्दै

२३ आश्विन २०७४, सोमबार १५:३४
 

सदरलाइनडटकम
२३ असोज , नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले गाउँपालिकामा बसोबास गर्ने ७० वर्ष कटेका जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य उपचार गर्नका लागि शिविर सञ्चालन गर्ने भएको छ ।
मंगलबार असोज (२८) राधापुर स्वास्थ्य चौकीबाट ८ दिने स्वास्थ्य शिविर गरिने सो गाउँपालिकाका अध्यक्ष किश्मतकुमार कक्षपतिले जानकारी दिए । जेष्ठ नागरिकहरुको स्वास्थ्यको हेरचाहका लागि गाउँसभाले वर्षको दुई पटक स्वास्थ्य शिविर आयोजना गर्ने प्रस्ताव पारित गरे अनुसार स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको हो ।
प्रत्येक वडाको पायक पर्ने स्वास्थ्य चौकी तथा स्वास्थ्य केन्द्रमा जेष्ठ नागरिकहरुलाई लक्षित गरेर शिविर नै सञ्चालन गर्दै स्वास्थ्य परिक्षण गरिने छ । १५ जना स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य सुविधा दिने अध्यक्ष कक्षपितले जानकारी दिए । सो गाउँपालिकामा २ हजार ३ सय जेष्ठ नागरिक रहेको तथ्याङ्क गाउपालिका संग छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लोपोन्मुख जातको पुतको मौरी संरक्षणमा नेपाली सेनाका सेवा निबृत्त सुवेदार

२३ आश्विन २०७४, सोमबार १५:३४
सदरलाइन / रुद्र सुवेदी २३ असोज, नेपालगन्ज : बाँके, कोहलपुर नगरपालिका–११ बसपार्क बनबाटिकाका ५० वर्षिय पुरमल बस्नेत नेपालमा अति नै दुर्लभ अवस्थामा पुगेको पुतको मौरीको संरक्षणमा जुटेका छन् । उनी नेपाली सेनाका सेवा निबृत्त सुवेदार हुन । ‘पुतको मौरी अत्यन्तै सानो र डंक रहित मौरी हो । यो मौरी बाँके […]

सम्बन्धित