राजपाले पनि ग¥यो उम्मेदवारको नाम सिफारिस

  
  प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४       | 77 Views   ||

सदरलाइनडटकम
२१ असोज नेपालगन्ज : राष्ट्रिय जनता पार्टी नेपाल बाँकेले संघ र प्रदेशसभाका लागि उम्मेदवारको नाम टुंगो लगाएको जनाएको छ । गत बुधबारदेखि सुरु भएको जिल्ला कार्य समिति र अध्यक्ष मण्डलको बैठकले शुक्रवार उम्मेदवारको नाम टुंगो लागाउदै सिफारिस गरेको हो ।
राजपा बाँकेका अनुसार, प्रतिनिधिसभा संघका लागि क्षेत्र नम्बर १ बाट अरुण तिवारी, क्षेत्र नम्बर २ मा बरिष्ठ अधिवक्ता तथा राजपा केन्द्रीय उपाध्यक्ष विजय गुप्ता र क्षेत्र नम्बर ३ बाट हलिम खाँको नाम सर्वसम्मत सिफारिस भएको छ ।
यसैगरी प्रदेशसभाका लागि क्षेत्र नम्बर १ (क)बाट रामकुमार दिक्षित, क्षेत्र नम्बर १ (ख) बाट सरिता सापकोटा, क्षेत्र नम्बर २ (क) बाट फिरोज हल्लवाई र क्षेत्र नम्बर २ (ख) बाट आशिष गुप्ता, क्षेत्र नम्बर ३ (क) बाट राजेश बर्मा र राम सागर भाट क्षेत्र नम्बर ३ (ख) सुकैया चमारको नाम सर्वसम्मत सिफारिस भएको राजपाले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, अशोज २१, २०७४     3:15:00 PM  |