एमाले बाँकेले प्रतिनिधि सभाको लागि उम्मेदवार सिफारिस टुंगायो

१९ आश्विन २०७४, बिहीबार १८:०५
 

सदरलाइनडटकम
१९ असोज, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि एमाले बाँकेले जिल्लाका ३ वटै निर्वाचन क्षेत्रका क्षेत्रीय कमिटी तथा प्रदेस सभाका ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारीस गरेको छ ।
प्रतिनिधि सभाको लागि तीन निर्वाचन क्षेत्र र प्रदेश सभाको लागि ६ निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचन क्षेत्र नं. १ र ३ बाट मात्र सिफारिस गरेको हो ।
निर्वाचन क्षेत्र नं. १ बाट जिल्ला पार्टी अध्यक्ष अशोक कोईराला र सचिवालय सदस्य सूर्य ढकाल महिलामा भारती खनालको नाम सिफारिस भएको छ । क्षेत्र नं. १ को कोहलपुरमा भएको बैठकले सो नाम सिफारिस गरेको हो । सो बैठकमा सर्बसम्बत हुन नसकेपछि २०७० सालको संविधान सभामाका क्षेत्र नं.१ बाट निर्वाचित सांुद देवराज भारले आफ्नो नाम फिर्ता लिएपछि तीन जनाको नाम सिफारिस भएको हो ।
निर्वाचन क्षेत्र नं २ मा राजपाबाट एमालेको चुनाव चिन्ह लिएर निर्वाचन लड्ने तयारीमा रहेका राजपाका सह–महामन्त्री पशुपति दयाल मिश्रको मात्र नाम सिफारिसमा परेको छ । उनले केही दिन पहिले काठमाण्डौमा एमालेको निर्वाचन चिन्ह लिएर निर्वाचन लड्ने भनेर सहमति गरेको कारणले उनको मात्र नाम सिफारिस गरेको बुभिएको छ ।
बाँके निर्वाचन क्षेत्र नं. ३ मा संघको लागि पूर्व पार्टी अध्यक्ष नन्दलाल रोकाय, युवा नेता कमल बस्नेत र एकता शाहको नाम सिफारिस भएको छ । सर्वसम्मत हुन नसकेपछि भएको निर्वाचनमा रोकायले ३५, बस्नेतले २९ मत प्राप्त गरी सिफारिसमा परे भने बर्तमान सांसद समेत रहेका दलबहादुर सुनारले २५ र पार्टी जिल्ला कमिटी सदस्य भद्रप्रसाद देवकोटाले १९ मत प्राप्त गरे क्षेत्रीय समितिमा ५३ सदस्य रहेका थिए । महिलामा शाह निर्विरोध सिफारिसमा परेकी हुन ।
क्षेत्रीय तथा प्रदेश कमिटीले सिफारिस गरेका उम्मेदवारहरु जिल्ला कमिटीले अनुमोदन गरेी पठाउने साथै समानुपातिकको लागि उम्मेदवारहरुको नाम संकलन गर्ने कार्य भईरहेको पार्टी कार्यालय प्रमुख ऐनबहादुर हमालले जानकारी दिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भरुवा बन्दुक सहित तीन पक्राउ पछि सार्वजनिक

१९ आश्विन २०७४, बिहीबार १८:०५
सदरलाइनडटकम  २० असोज  नेपालगन्ज : तीन थान भरुवा बन्दुकसहित तीन जनालाई संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सार्वजनिक गरेकाहरुमा बारबर्दिया नगरपालिका– १ जमुनीयाका ६४ वर्षीय भक्तबहादुर सुनार, ५२ वर्षीय बलबहादुर सुनार र नेपालगन्ज उप–महानगरपालिका–२० बस्ने ४० वर्षीय इन्द्रबहादुर सुनार रहेका छन् । उनीहरुलाई शुक्रबार […]