असहाय र अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

  
  प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४       | 111 Views   ||

सदरलाइनडटकम
२७ भदौ, नेपालगन्ज : बाँकेको जानकी गाउपालिकामा रहेको समाज विकास प्रवद्र्धन केन्द्रमा आश्रित रहेका ९ जना अनाथ र असहाय बालबालिकालाई नेपालगन्जका एक विद्यार्थीले आफ्नै पहल र प्रयासमा शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराएका छन् ।
नेपालगन्ज उप–महानगरपालिका–२ निवासी विद्यार्थी सोयिबा सिद्दिकीले सो केन्द्रमा आश्रित रहेका ९ जना अनाथ र असहाय बालबालिकाको पठनपाठनमा सहयोग पुग्ने गरी शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराकी हुन ।
बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अली सिद्दिकी, नेपाल विद्यार्थी संघ बाँकेका कार्यसमिति सदस्य विवेक मल्ल, समाज विकास प्रवद्र्धन केन्द्रका अध्यक्ष मिन बहादुर अर्याल र सोबिया सिद्दिकी लगायतले ती बालबालिकालाई सो शैक्षिक सामाग्री एक कार्यक्रममा बितरण गरे ।
अनाथ र असहाय ती ३ जना बालक र ६ जना बालबालिकालाई उपलब्ध गराईएको शैक्षिक सामाग्रीमा हरेकलाई एक थान ब्याग, १२ वटा कपी, एक ड्राइंग कपी, एक डिब्बा पेन्सिल, एक डिब्बा कलर, एक थान मोबाइल गेम, रबर, कटर, ग्लुस्टिक र टेप रहेका छन् ।
शैक्षिक सामाग्री पाउने बालबालिकाहरुमा रोशन आहुजी, अर्जुन क्षेत्री, अरुणिमा थारु, दुर्गा क्षेत्री, हरा आहुजी, सुवेदना थारु, धनमाया पुन, सुमिता थारु र मुमा डांगी रहेका छन् ।
शैक्षिक सामाग्रीको अभावले केन्द्रमा आश्रित रहेका बालबालिकाको पठनपाठनमा समस्या भैरहेकोले उनीहरुको पढाईलाई निरन्तरता दिन आफुले आफ्नै पहलमा सो शैक्षिक सामाग्री संकलन गरेर उपलब्ध गराएको सिद्दिकीले बताईन ।
सो अवसरमा बोल्दै समाज विकास प्रवद्र्धन केन्द्रका अध्यक्ष मिन बहादुर अर्यालले अभिभावकविहिन अवस्थामा रहेका असहाय र अनाथ बालबालिकालाई सहयोगका लागि आफुले सबैतिर धेरै प्रयास गरेपनि प्रयाप्त सहयोग नपाको जनाउँदै ती बालबालिकाको पालनपोषणमा समस्या भैरहेको बताए । १० देखि १४ बर्षसम्म उमेरका ती ९ जना बालबालिकाहरु २ देखि १० कक्षासम्म नेपालगञ्जका २ वटा सरकारी बिद्यालयमा अध्ययन गरिरहेका छन् ।  

 

प्रकाशित मितिः मङ्लबार, भदौ २७, २०७४     6:38:25 PM  |