पीडितको उजुरी नआउदा सादा तारेकमा राखेर अनुसंधान

२३ भाद्र २०७४, शुक्रबार १४:५८
 

सदरलाइनडटकम 
२३ भदौ नेपालगन्ज : ‘अबको गन्तब्य, मानव बेचबिखनको अन्त्य’ भन्ने नाराका साथ मानव बेचबिखन तथा ओसारपसार बिरुद्धको राष्ट्रिय दिवस मनाई रहदा बाँकेमा भने बेचविखनमा सक्रिय रहेका व्यक्तिलाई सो क्षेत्रमा क्रियाशिल संघसस्थाले प्रमाणसहित प्रहरीको जिम्मा लगाउदा पीडितको उजुरीको अभावमा प्रहरीबाट त्यस्ताले सजिलै उन्मुक्ति पाउने गरेको छ ।
१३ वटा राहदानी र केही थान मेडिकल रिर्पोट लिएर भारत जान लागेकी एक महिलालाई मानव बेचविखन विरुद्ध क्रियाशिल सानाहातहरु नामक संस्थाको पहलमा राहदानी सहित नियन्त्रणमा लिएर बुझाउदा प्रहरीले अनुसंधान नै नगरी सादा तारेकमा छाडेको पाईएको हो ।
‘झट्ट हेर्दा टिपिकल गाँउले जस्तो देखिने भेषमा एक महिला हातमा झोला लिएर सीमा क्षेत्रमा जाँदै गरेको अवस्थामा भेटिईन हामीले उनीसंग कुराकानी गर्दा नै केही शंकास्पद कागजात फेला पारेपछि शरिर चेक गर्दा १३ थान राहदानी फेला परेका थियौ’–सानाहातहरु नेपालकी कार्यक्रम संयोजक अम्बिका पुनले भनिन् ।
उनले नेपाल सरकारको कानून अनुसार एउटै व्यक्तिले विना कुनै ईजाजत पत्र अरुको राहदानी लिएर स्वदेश भित्रै हिडडुल गर्नु पाईदैन तर, ६ जना महिला र ७ जना पुरुषको गरी १३ वटा राहदानी, ४ जना महिलाको मेडिकल रिर्पोट बोकेर नेपालबाट भारत जाँदैगर्दा सीमा क्षेत्रबाटै नियन्त्रणमा परे पनि सजिलै उन्मुक्ति पाउनु आफुहरुको निमित्त काम गर्न चुनौती थपिएको बताइन ।
उनले ती महिलाले शरिरका बिभिन्न अगंहरुमा राहदानी लुकाएर लैजान लागेको अवस्थामा आफुहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको बताईन । उनले ती महिलाले बोकेको झोलामा पुरुषको सामानहरु भएपनि उनले कसको हो भनेर भन्न समेत नभनेको उल्टो ‘मलाई जे गरे पनि गर यो सबै सामान मेरै हो’ भनेर जवाफ दिने गरेको बताईन ।
यसैबीच बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले यो मुद्दामा पीडित नै न भेटिएको कारण बरामद राहदानी जो जसको हो उनीहरुलाई फिर्ता गरी ती महिलालाई तारेकमा छाड्नु परेको जानकारी दिए । उनले भने–‘ पीडितको तर्फबाट कुनै पनि उजुरी नआउनुको कारण राहदानी जोजस्को हो उनीहरुलाई दिएर पठाए पनि केस नै क्लोज गरेका छैनौ अनुसंधान जारी छ ।’
जिल्ला प्रहरी कार्यालय बाँकेले गत वर्ष मानव बेचविखन तथा ओसारपसारका १८ ओटा मुद्धा दर्ता भएको र २ सय ७ जनालाई उद्दार गरीएको जनाएको छ । यसैगरी चालु आर्थिक वर्षको साउनमा मात्र सोही प्रकृतिका ३ वटा मुद्धा दर्ता भएका छन् भने ३१ जनालाई उद्दार गरीएको प्रहरीले जनाएको छ । तस्बीर स्रोत : गुगल


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२१ किलो चरेशसहित पक्राउ परेरका अहिरद्वय सार्वजनिक

२३ भाद्र २०७४, शुक्रबार १४:५८
सदरलाइनडटकम २३ भदौ, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका–२ नेउरीगौरीबाट २१ किलो चरेशसहित दुई जनालाई प्रहरीको विषेश टोलीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ । बाँकेको डुडुवा गाउँपालिका नेउरीगौरीबाट पक्राउ परेका ५४ बर्षीय फेरन अहिर र ७० बर्षिय मुरली अहिरलाई दुईदिन अघिको राति घरबाटै लागु औषध चरेससहित पक्राउ गरेको प्रहरीले जनाएको छ […]