शिक्षक महासंघ बाँकेले रक्तदान गर्ने

  
  प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४       | 113 Views   ||

सदरलाइनडटकम 
२० भदौ, नेपालगन्ज : शिक्षा दिवसको अवसरमा नेपाल शिक्षक महासंघ बाँकेले जिल्ला शिक्षा कार्यालय बाँकेको समन्वयमा बृहद रक्तदान गर्ने भएको छ । नेपाल शिक्षक महासंघ बाँकेका अध्यक्ष बाबुतरुण गौतमले बाढी तथा पहिरो र बदलिदो मौसमका कारण हुने विरामीको उपचारमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताए ।
जिल्ला शिक्षा कार्यालय बाँकेको कार्यालय परिसमा आगामी भदौ २३ गते शुक्रबारको दिन विहान ७ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने बताए । उनले सबै शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई सो कार्यक्रममा सहभागिता जनाउनको लागि आव्हान समेत गरेका छन् ।

 

प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४     10:53:27 AM  |