भन्सार खुकुलो हुँदा व्यवसाय धराशायी भएको बाँकेका व्यावसायीको गुनासो

१८ भाद्र २०७४, आईतवार १८:४६
 

सदरलाइनडटकम  
१८ भदौ, नेपालगन्ज : दैनिक उपभोग्य वस्तुलाई नेपालगन्ज तथा कोहलपुर मै खरिददारी गर्नको लागि बताबरण बनाउने उद्देश्यले बाँकेका विभिन्न संघमा आवद्ध व्यावसायीका नेतृत्वहरुले नेपालगन्ज भन्सारमा ज्ञापन बुझाएका छन् ।
भारतीय बजारबाट किनमेल गर्ने उपभोक्तालाई नेपालगन्ज भन्सारले ‘नरम’ नीति लिएको कारण आफुहरुको उद्योग व्यावसाय धराशायी भएको उनीहरुको ठम्याई रहेको छ ।
नेपालगन्ज उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष अशोक विष्ट, साझा समावेशी व्यवसायी समूह कोहलपुरका संयोजक विष्णुप्रसाद खनाल र होटल व्यवसायी संघ कोहलपुरका अध्यक्ष बलराम काफ्लेद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भारतीय बजारबाट खरिद गरिएको सामानमा भन्सार कार्यालयले नरम नीति नलिन उल्लेख गरिएको छ ।
‘ भारतबाट दिनहुँ जसो खुला सिमानाको फाईदा उठाउदै विभिन्न पर्व, साँस्कृतिक कार्यको बाहानामा बिना राजस्व लाखौको दैनिक उपभोग्य सामाग्री तथा लत्ताकपडा लगायतका विभिन्न बस्तुहरु भित्रिने गर्दा यसको प्रत्यक्ष असर बाँकेका उद्योगीे व्यवसायीको व्यापार व्यवसाय परेकोले यस्तो अनियमिता रोक्नको लागि नेपालगन्ज भन्सार कार्यालय मार्पmत सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौ’–ज्ञापन पत्रमा उल्लेख छ ।
‘भन्सारमा नरम नीति अख्तियार गरेकै कारण सीमापारीको व्यावसाय फस्टाउदो छ नेपालगन्ज र कोहलपुरमा भने दिन प्रतिदिन व्यवसाय घट्दो क्रममा रहेकोले हाम्रो प्रतिनिधि मण्डल ज्ञापन पत्र सहित आएको हो’– नेपालगन्ज उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष अब्दुल वाहिद मन्सुरीेले भने ।
उनले विभिन्न पर्व तथा संस्कृतिक रीति रिवाजको लागि भन्दै किनमेल गर्न आउनेहरुको भिड सीमापारीको रुपैडिहामा हुने र त्यहाँ खरिद गरेको सामान नेपाल ल्याउदा भन्सारले पनि सजिलै छोडिदिने गरेकोले पनि उपभोक्ता नेपालगन्ज र कोहलपुरमा खरिद नगरी सिधै रुपैडिहा जानेगरेको गुनासो गरे ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष अशोक विष्टले राज्यका निकायले व्यवसायी र उद्योगको संरक्षण गर्नुपर्ने बताए । उनले यो या त्यो बाहानमा रुपैडिहाबाट खरिद गरेर ल्याउने सामानमा भन्सारले कडाई नगर्दासम्म आफुहरुको व्यवसाय कहिल्यै नउकासिने भएको दुखेसो पोखे ।
उनले भने–‘हामी राज्यलाई नियमित तोकेको कर राजस्व तिर्ने गरेका छौ हाम्रो व्यवसायको संरक्षणको जिम्मा पनि राज्यकै हो त्यसैले भारतीय बजारमा दैनिक उपभोग्य वस्तुको खरिदको लागि जाने उपभोक्तसंग नेपालगन्ज भन्सार कार्यालयले कडाईका साथ भन्सार लिन आवश्यक छ ।’ उनले भन्सार कार्यालयको नरम पनको कारण नेपाली उपभोक्ता भारतीय बजारमा पुगेर ठगिने गरेको दावी समेत गरे ।
नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन आचार्यले भन्सार कार्यालयले राजस्व उठाउनमा कुनै कसर नछोडेको बताए । उनले भन्सार कार्यालयले कुनैपनि उपभोक्तलाई नरम नीति लिनु पर्ने कारण नै नभएको जिकिर गरे ।
उनले भने–‘कार्यालयले भन्सार राजस्व लिने कुरामा नरम भएको छैन, हामी भन्सार चुहावटमा पनि विभिन्न निकायसंग समन्वय गरी क्रियाशिल छौ । सबैको सहयोग र समर्थन पाए अझै कडा पार्नेछौ ।’ उनले भन्सार राजस्व चुहावट र दैनिक उपभोग्य वस्तुमा भन्सार मिनाह गर्ने कुरामा कुनै पनि किसिमको सम्झौता नहुने दावी गरे ।
उनले आम उपभोक्तालाई भारतमा भन्दा नेपालमा नै गुणस्तरिय र सस्तो सामान पाईन्छ भन्ने सचेतना मुलक सन्देस प्रवाह गरी भन्सार चुहावटमा समेत सबैको सहयोग भए आगामी दिनमा अझ राम्रो नतिजा दिन आफु र आफ्नो टिम तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नैतिक शिक्षा र सुशासन विषयक वक्तृत्वकलामा जयबागेश्वरी प्रथम

१८ भाद्र २०७४, आईतवार १८:४६
सदरलाइनडटकम १९ भदौ, नेपालगन्ज : नैतिकता र सुशासन एक सिक्काका दुई पाटो भएको नेपालगन्जमा सोमबार आयोजित एक कार्यक्रमका सहभागिले औल्याएका छन् । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालको सहयोगमा बास नेपालगन्जद्वारा आयोजित अन्तर मावि स्तरीय सो बक्तृत्वकला प्रतियोगिताका सहभागिले सो कुरा औल्याएका हुन । नेपालगन्जको धम्बोझी माविमा सम्पन्न ‘नैतिक शिक्षा र सुशासन’ बिषयक […]