बाढीले निम्त्याएको बिन्तीरामको दुख टाउको ओतलाग्ने छाप्रो कसरी बनाउने चिन्ता

१३ भाद्र २०७४, मंगलवार १९:३८
 

सदरलाइनडटकम  
१३ भदौ, नेपालगन्ज : जाँहा पातलो त्यही प्वाल पर्ने रैछ के गर्ने जसो तसो बाँचियो अब एक तरो पानी र घाम छेक्ने छाप्रो कसरी बनाउने होला चिन्ताले सताएको छ । शाररिक रुपले अशक्त बाँके राप्ती सोनारी गाउपालिका वडा नं. ६ महेमानपुर का ५० वर्षिय बिन्तिराम चौधरीले गुनासो गरे ।
शारिरिक रुपले अशक्त विन्तिरामको घर गत साउन २८ गतेको एका विहानै राप्तीनदिमा आएको बढी पसेर उनको भत्काई दिएपछि उनीमाथि विपद आई परेको हो । ‘सुते कै थिए बाहिर पानी परी रहेको थियो झुसमुस भएकोले बाहिर कस्तो थियो भन्ने भन्न सक्दीन तर, घरको पर्खाल भत्कन लाग्यो । त्यतिकैमा नजिकै सुतेकी श्रीमती सुखिया पनि उठिन दुई जनाले एक अर्काको साहारले घर बाहिर निस्कन भुईमा टेक्दा घरभित्र पानी पसि सकेको थियो’– विन्तीरामले भने ।
बिन्तिरामका ६ जनाको परिवारमा २ जना ८ र १० वर्षका छोरा बाहेक सबै शारिरिक रुपले अशक्त छन् । ‘६ जनाको परिवारमा ४ जना अशक्त छौ । म ट्राई साईकल प्रयोग गर्छु बुढी र छोरा छोरी बैशाखी प्रयोग गर्छन । एका विहानै गाउमा बाढी पस्यो अरु त जसो तसो जोगिए हामीलाई ज्यानै जोगाउन आपत आईप¥यो’– बिन्तिरामले एकै सासमा भने ।
उनले त्यो दिनको विपदमा आफु मात्र परेको भए अरुको सहयोग पाउने र सजिलै जोगिने तर, चारैतीर समुन्द्रको भेल जस्तो उर्लेर आएको राप्तीको बाढीले कसैलाई पनि छाडेको थिएन । सबै आ–आफ्नो बचाव गर्न व्यस्थ थिए तै पनि जसोतसो जोगिएको बताउछन् ।
श्रीमती सुखिया पनि शाररिक रुपले अशक्त छन, उनको जेठा छोरा १५ वर्षका श्रवण थारु, १२ वर्षकी छोरी मञ्जु पनि शारिरिक रुपले अशक्त छन् भने १० वर्षका सुनिल र ८ वर्षका सुरेश सपाङ्ग छन । उनी त्यो दिन सम्झदै भन्छन–‘ विहान साढे ५ बजे तिर बाढीको पानी घरमा पसेको हो । घरमा बाढी पसेपछि जसोतसो ज्यान जोगाउन सकियो । हेर्दा हेर्दै घामपानी छल्न बनाएको छाप्रो पनि भत्कियो ।’
घरमा पानी पसेपछि नजिकै रहेको ईलाका बन कार्यालयको रेञ्ज पोष्ठमा ओत लागेर बसेका उनले आफ्नो ज्यान र शरिरमा भएका कपडाबाहेक अरु जोगाउन नसकेको दुखेसो पोख्दै भने–‘हेर्दा हेर्दै घर पनि भत्कियो शरिरमा भएको कपडा र ज्यान बाहेक केही बचाउन सकिन । आफै त अरुको साहारामा जोगिनु पर्ने जसो तसो बाँचे ।’ चिन्तित अवस्थामा भेटिएका बिन्तिरामलाई घामपानी छल्ने छाप्रो कसरी बनाउने भन्ने चिन्ताले पिरोलेको बताउछन् ।
सबैको घरमा पानी पसेको थियो, कि घर भत्काएको थियो । हेफर ईन्टरनेशनलले वितरण गर्न लागेको राहत लिन उचा टेपरी पुगेका उनी चारैतिर पानी पानी भएकोले दुईदिन त भिजेकै कपडामा भोकै प्यासै बसेका उनीहरु बाढीको तेस्रो दिनमात्र ड्राईंफुड खान पाएको बताउछन् ।
यसैबीच हेफर ईन्टरनेशनलले बाँकको राप्ती सोनारी गाउपालिकाका सबै बाढी पीडितलाई राहत प्याकेज वितरण गर्ने भएको हेफरका कार्यक्रम अधिकृत प्रदिप शर्माले जानकारी दिए । उनले बाढी पीडितका लागि विभिन्न किसिमको प्याकेजको आधारमा राहत वितरण गर्ने तयारी हेफरले गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुल र सडक जोगाउन प्रयासरत छौं : डिई बम

१३ भाद्र २०७४, मंगलवार १९:३८
गत साउनको अन्तिम साता देसभर आएको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोले धनजनको मात्र क्षती गरेन्, विकासको मेरुदण्ड मानिने सडक सन्जाल बिच्छेद भए । सडक सन्जाल बिच्छेद भएपछि आवातजावत पनि बन्द भयो । बर्षेनी आउने बाढीले सडक र पुलहरुमा यस्तै समस्या आइरहन्छ । यसको समस्या र समाधानका उपायका बिषयमा […]