मंसिर १० गते प्रदेश र प्रतिनिधिसभाको चुनाव

५ भाद्र २०७४, सोमबार १५:०६
 

सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनाव एकै चरणमा गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश र सभाको निर्वाचन एकै दिन मंसिर १० गते गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

तर, निर्वाचन आयोगले भने तयारी पुरा गर्न अप्ठ्यारो हुने भन्दै दुई चरणमा चुनाव गर्न आग्रह गरेको थियो । आयोगले मंसिर ४ र २१ को मिति प्रस्ताव गरेको थियो ।


त्यसैगरी, मन्त्रिपरिषद्ले प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणमा भूकम्पपछि पुनःनिर्माण प्राधिकरणलाई आर्थिक सहयोग गर्ने भनी भारतले गरेको प्रतिबद्धता, पुराना सन्धि सम्झौता, लक्षणपुर बाँध, कोशी बाँध र त्यसबाट भएको नोक्सानीका बारेमा छलफल गर्ने निर्णय गरेको छ ।

कोशी बाँध बगाउँदा स्थानीय जनतालाई भारत सरकारले दिने भनेको रु ५० करोड अहिलेसम्म नदिएको हुँदा त्यसबारे समेत भ्रमणमा छलफल हुनेछ ।

पञ्चेश्वर जलविद्युत् आयोजना, वाणिज्य व्यापार, सन् १९५० को सन्धि, नेपाल–भारत रेल्वेलगायतका बारेमा पनि भ्रमणमा छलफल हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनतासहयोगको आशा गर्दै, सरकार दिल्ली वनभोज जाँदै

५ भाद्र २०७४, सोमबार १५:०६
पटक पटक हामी नेपाली माथि नै विभिन्न कारणले असहज परिस्थिको सिर्जना हुने गर्छ । या बाढीले होस् या पहिरो अनि भुकुम्प या बिभिना रोगले या त अस्थिर राजनीतिको भाइरसले पटक पटक हामी नेपाली माथी नै यस्ता खेल खेलिरहेको हुन्छ । यस्ता असहज परिस्थितिलाई कसरी नियुनिकरण गर्न सकिन्छ भन्ने राज्यको दायित्व […]