तीन वर्ष भित्र अण्डा, मासु र दुधमा आत्मनिर्भर हुने छौ : मन्त्री थारु

२४ श्रावण २०७४, मंगलवार १८:१०
 

सदरलाइनडटकम
२४ साउन, नेपालगन्ज : सरकारका पशुपन्छी विकास मन्त्री सन्तकुमार थारुले आफ्नो मन्त्रलायले आधारभुत वर्गलाई आर्थिक रुपले सम्बृद्ध बनाउने गरी कार्यक्रम ल्याएको बताएका छन् । प्रेस सेन्टर बाँकेले मंगलबार साँझ नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले कमैया र सुकुम्बासीलाई उत्पादनसग जोड्नको लागि उनीहरुको जीविको पार्जन र रोजगारी अवस्था सृजना गर्न कुखुरा पालन र बंगुरसुंंगुर पालनका कार्यक्रम सञ्चालन गरिने योजना रहेको बताए । उनले आधारभूत वर्गलाई लक्षित गरी सञ्चालनमा ल्याईएको कार्यक्रमले आर्थिक संबृद्धि बनाउन मद्दत प्ु¥याउने विश्वास व्यक्त गरे ।
उनले आगामी तीन वर्षमा नेपाल अण्डा, मासु र दुधमा आत्मनिर्भर हुने गरी मन्त्रालयले योजना बनाई काममा जुटेको बताउदै भने–‘हाम्रो मन्त्रालयले पहिलो वर्ष अण्डामा आत्मनिर्भर हुने, दोस्रो वर्ष मासुमा र तेस्रो वर्ष दुधमा आत्म निर्भर हुने गरी योजनाका साथ अघि बढेको छ ।’
उनले यो योजनालाई सफल बनाउन मन्त्रालयको नीति तथा कार्यक्रममा नै छर्ने बजेट भन्दा परिणाम मुखी बजेट बनाएर कार्यान्वयनको पाटोबाट अघि बढ्ने बताए । उनले बाख्रा, कुखुरा, सुंगुर बंगुर, गाई भैसी लगायतको पालनको संभावना भएका क्षेत्रको पहिचान गरी त्यस्तो क्षेत्रलाई पकेट क्षेत्र बनाउने गरी काम गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला समन्वय समिति बाँकेमा फोरम काँग्रेस गठबन्धन बिजयी एमाले बाहिरीयो

२४ श्रावण २०७४, मंगलवार १८:१०
सदरलाइनडटकम २५ साउन, नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेमा संघिय समाजबादी फोरम नेपाली काँग्रेस गठबन्धन बिजयी भएको छ भने एमाले पूर्ण रुपले बाहिरिएको छ । बुधबार भएको निर्वाचनमा काँग्रेस फोरम गठबन्धनले ९ मत र एमालेले ७ मत पाएको थियो । घोषित परिणाम सहित संयोजकमा संघिय समाजबादी फोरमका अजय श्रीबास्तब र […]