जनताले महसुस गर्ने गरि काम गर्छु : मन्त्री गौतम 

१५ श्रावण २०७४, आईतवार २२:०७
 

सदरलाइनडटकम
१५ साउन, नेपालगन्ज  : सिचाई मन्त्री सञ्जय गौतमले १ महिना भित्र जनताले महसुस गर्ने गरि आफुले काम गर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गौतमले आफु सिचाई मन्त्री भैसके पछी सिचाईको सन्दर्भमा थुपै्र परिवर्तन गरेर देखाउने बिश्वास दिलाए ।
गौतमले आफु मन्त्री भैसकेपछी मन्त्रालयको ब्रिफिङ्ग समेत नलिएर आफ्नो जिल्लाका समस्याका बारेमा बुझन आएको बताउँदै केही दिनमै सिचाईको क्षेत्रमा परिवर्तनको अनुभुती दिलाउने दाबी गरे ।
मन्त्री गौतमले आफु गाडिमा झण्डा हल्लाउनका लागि मात्रै मन्त्री नभएको उल्लेख गर्दै आफनो कार्यकालसम्म जनताले महुसुस गर्ने गरी सेवा गर्ने आश्वासन दिए । बाँके र बर्दियाको बाढि, डुवान, कटान लगाएतका समस्यालाई आफुले नजिकबाट नियालेको बताउँदै मन्त्री गौतमले आफनो कार्यकालमा जनताका समस्यालाई समधान गरेर छाडने उदघोष गरे । आफु बहुप्रतिष्ठित सिक्टा सिचाई आयोजना, भेरी बबई डाईभर्सन आयोजना लगाएतका राष्ट्रिय गौरबका आयोजना संग नजिक भएको र यस क्षेत्रकै सांसद भएकोले सरकारले आफुलाई सिचाई मन्त्रीको जिम्मेवारी सुम्पिएको बताउँदै मन्त्री गौतमले आफनो छोटो कार्यकालमै राष्ट्रिय गौरबका आयोजनाहरुलाई दु्रत गतिममा अगाडी बढाउने बताए । यसैबीच मन्त्री गौतमले आईतबार सिक्टा सिचाई आयोजनाको निरिक्षण गरेका छन् ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ९ सदस्यीय जिल्ला समन्वय समिति हुने

१५ श्रावण २०७४, आईतवार २२:०७
सदरलाइनडटकम   १५ साउन, नेपालगन्ज : बाँकेमा जिल्ला समन्वय समिति ९ सदस्यीय हुने भएको छ । जिल्ला सभाको आईतबार बसेको पहिलो बैठकले ९ सदस्यीय जिल्ला समन्वय समिति बनाउने निर्णय गरेपछि सोही अनुसार ९ सदस्यीय जिल्ला समन्वय समिति निर्वाचन गर्न बाटो खुलेको हो । जिल्ला समन्वय समिति बाँकेका कार्यक्रम अधिकृत मिनबहादुर […]