बाँकेमा क्रियाशिल गैससलाई गाउँ–गाउँ पुग्न स्थानीय विकास अधिकारी प्याकुरेलको निर्देशन

१ श्रावण २०७४, आईतवार १८:१२
 

सदरलाइनडटकम
१ साउन, नेपालगन्ज : जिल्ला समन्वय समिति बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले गैर सरकारी संस्थाहरुलाई शहर केन्द्रित नहुन निर्देशन दिएका छन् ।
शहरलाई छाडेर गाउँमा पुग्ने गैर सरकारी संस्थाहरुलाई संधै प्रशंसा गरिएको स्थानीय विकास अधिकारी प्याकुरेलले आईतबार नेपालगन्जमा आयोजना गरिएको एक अन्तरक्रियामा बताए । ‘बाँकेको बिकट नरैनापुरमा कति संस्थाहरुले काम गर्दै आएका छन् ?’ स्थानीय विकास अधिकारी प्याकुरेलले भने,–‘समिक्षा हुनुपर्छ ।’ आफुले संघ संस्थाहरुलाई नरैनापुर जस्ता विकट ठाउँमा गएर त्यहाँका जनतासंग मिलेर काम गर्न निर्देशन दिएको पनि उनले बताए । कतिपय गैरसरकारी संस्थाहरुले समान्तर सरकारको अभ्यास गर्ने गरेको बताउदै प्याकुरेलले त्यस्तो नगर्न पनि चेतावनी दिए ।
गैर सरकारी सस्थाहरु सरकारको सहयोगी मात्र भएको उनको भनाई छ । उत्पीडित समुदायिक विकास केन्द्र बाँकेले आयोजना गरेको ‘जिल्ला स्तरिय सिकाई आदानप्रदान कार्यक्रम’मा स्थानीय विकास अधिकारीले यस्तो कुरा बताएका हुन् ।
कार्यक्रममा एलजिसिडिपीका प्रदेश संयोजक टिकाराम पन्थी, नेपाल पत्रकार महासंघ बांँकेका अध्यक्ष ठाकुरसिंह थारु, केन्द्रका अध्यक्ष दिलबहादुर परियारले बोलेका थिए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

ब्रत र शौभाग्यको महिना साउन

१ श्रावण २०७४, आईतवार १८:१२
सदरलाइन / स्मृती देवकोटा  २ साउन, नेपालगन्ज : हिन्दू महिलाहरुका लागि साउनका सोमबार बिशेष दिनको रुपमा लिने प्रचलन रहेको छ । विबाहित महिलाले साउनको पहिलो सोमवारदेखि अन्तिम सोमबारसम्म आत्मशुद्धि र आफ्ना श्रीमानको दिर्घायुको कामना गर्दै ब्रत बस्ने र शिव महादेवको पूजाआजा गर्ने चलन रहेको छ । अविबाहितले आफ्नो स्वास्थ्य तथा […]