हिजोका पीडित अहिले आफ्नै समुदायमा सिकलसेल रोगका बिरुद्ध सचेतना फैलाउदै

२९ असार २०७४, बिहीबार २०:१४
 

सदरलाइन / रुद्र सुवेदी
२९ असार, नेपालगन्ज :  पाँच वर्षको उमेरदेखि हात खुट्टाको दुखाई र कमलपित्त (जण्डिस) का विरामी हुने गरेका भएका बाँके राप्ती सोनारी–३ का २३ वर्षिय रमेश चौधरी यतिबेला त्यो पीडाबाट मुक्त छन् । अहिले उनी आफुले जस्तो पीडा अरुले भोग्नु नपरोस भन्दै सचेतना र औषधि उपचारको लागि भेरी अञ्चल अस्पताल जानु पर्ने कुरा सुनाउदै हिड्ने गरेका छन् ।
५ वर्षको उमेरदेखि सिकलसेल एनिमियाँबाट पीडित रहेको भए पनि उनको रोग पत्ता लाग्न नसक्दा सानै उमेरमा बाथ र जण्डिस भएको भन्दै अभिभावकले त्यसैको उपचारमा दैडधुप गर्दा अनाहकमा धन र समय बरबार्द भएको उनी बताउछन् ।
‘शरिर, हातखुट्टा दुखेर हिडडुल नै गर्न सक्दिनथे त्यसैमा पुरै शरिर पहेलो भएर जण्डिस भएको जस्तो हुने दुखाई कम हुने औषधी र जण्डिसको औषधी खाँदा खाँदा निको नभएर हैरान परेको थिए तर, अहिले भने त्यो पीडाबाट मुक्त भएको छु’–फिस्स हाँस्दै उनले भने ।
उनले आफुलाई थारु समुदायमा मात्र हुने वंशाणुगत रोग सिकलसेल एनिमियाँ भएको नेपागन्जको भेरी अञ्चल अस्पतालमा तीनवर्ष उपचारको लागि आउदा पत्ता लागेको बताए । उनले त्यो कुरा सम्झदै भने–‘ हातखुट्टा दुखेर हिड्नै नसक्ने अवस्था भएपछि मलाई उपचारको लागि भेरी अञ्चल अस्पतालमा ल्याईयो अनि मात्र थाहा भयो मलाई सिकलसेल एनिमियाँ भएको रहेछ ।’
रमेश गत ३ वर्षदेखि नियमित औषधी सेवन गर्दै आएको बताए । उनले पहिलाको जस्तो पीडा सहदै र कमलपित्त भएर मुख बार्न परेको
  छैन । उनले हिजो आफु पीडा मुक्त हुनको लागि धर्म समेत परिवर्तन गरे तर, पनि आफ्नो विरामी २० बाट १९ मा नझरेपछि नेपालगन्ज औषधी गर्नको लागि गएको बताए ।
बैजापुर हेल्थपोष्टका ईन्चार्ज हिरामणी थारुले रमेश आफ्नो हेल्थपोष्टको कार्य क्षेत्रमा पहिलो मेडिकल्ली प्रुभ्ड पेसेन्ट भएको बताए । उनले नियमित चेकजाँच गराउने साथै सरकारले दिएको निशुल्क औषधि उपचारको सुविधा लिने पहिलो विरामी भएको जानकारी दिए । उनले बैजापुरमा करिब १० प्रतिशतमा सिकलसेल एनिमियाँ भएको पाईएको र हालै सबै थारु समुदायको रगत परिक्षणको लागि शिविर राखेर रगत संकलन गरिएकोले विरामी बढ्न सक्ने बताए ।
रमेश आफुले जस्तो अरुले दुख नपाओस भनेर गाउका थारु समुदायका आफ्नो समुहका तथा ठूला साना सबैलाई सिकलसेलको बारेमा जनचेतना फैलाउन सक्रिय रहेका छन् । उनले सिकलसेलको विरामीलाई राज्यले निशुल्क औषधि उपचार गराउने कुरा पनि बताउदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

१५ जिल्लालाई ५ खाद्य निरिक्षक, प्राविधिकको कमीले कार्य प्रगती देखाउन नसकेको गुनासो

२९ असार २०७४, बिहीबार २०:१४
सदरलाइन / कमल डाँगी ३० असार, बाँके : न्यून संख्यामा कर्मचारी र प्रविधिको कमीले गर्दा मध्यपश्चिमका पन्ध्र जिल्लामा बजार अनुमगनको जिम्मेवारी पाएको क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय, बाँकेले सोचे काम गर्न सकेको छैन् । प्रभावकारी बजार अनुगमनहरु नहुँदा बजारमा अखाद्य बस्तुहरुको बिक्री बितरण बढ्दै गएको छ । गुण नियन्त्रण […]