मध्यपश्चिम क्रिकेट क्लबमा थापा

६ चैत्र २०७३, आईतवार १८:१४
 

सदरलाइनडटकम
६ चैत, कोहलपुर  : मध्यपश्चिम क्रिकेट क्लबको अध्यक्षमा दिपेन्द्र थापा चयन भएका छन् । क्लबको शनिबार भएको प्रथम साधारण सभाले थापाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्ष संगिन शर्मा, सचिव केशव राना क्षेत्री, सहसचिव सुनिता नेपाली र कोषाध्यक्ष होमेन्द्र क्षेत्री रहेका छन् । सदस्यहरुमा महेश उप्रेती, सञ्जय मण्डल, विष्णु बन्जाडे, नितेश विष्ट, बिनायक गिरी लगायत छन् । त्यस्तै सल्लाकार समितिमा संयोजक एलबी क्षेत्री, सदस्यहरु पवन खनाल, दिपेन्द्र प्रताप सिंह, चिन्तामणि धिताल, मञ्जुल भट्टराई रहेका छन् ।
यसअघि भएको उद्घाटन सत्रमा क्रिकेट क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै दुईजनालाई क्लबले सम्मान गरेको छ । सम्मानित हुनेमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एलबि क्षेत्री र राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक दिपेन्द्र प्रताप सिंह रहेका छन् ।
उद्घाटन सत्रमा प्रमुख अतिथि बाँके जिल्ला क्रिकेट संघ अध्यक्ष दुर्गा थापामगरले क्रिकेटको विकासका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए । उनले मध्यपश्चिम क्रिकेट क्लबले छोटो समयमा नै ठूलो फड्को मारेको बताए ।
‘विभिन्न कार्यक्रमहरुमा र क्लबहरुलाई पनि मध्यपश्चिम क्लबको उदाहरण दिने गरेको छु’–उनले भने । उनले हरेक वर्ष क्रिकेट प्रतियोगीताका लागि व्यक्तिगत रुपमा ५० हजार सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
यस्तै कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत माधवप्रसाद शर्माले क्रिकेट क्षेत्रको विकासका लागि नगरपालिका विशेष योजना ल्याएको बताएका छन् । साथै विभिन्न निकायसँगको समन्वयमा क्रिकेट मैदान संरक्षणका लागि डुडुवा खोलामा तटबन्धको पहल गर्ने बताए । का.वा.अध्यक्ष संगिन शर्माको सभापतित्वमा भएको उद्घाटन सत्रको संचालन सचिव केशव राना क्षेत्रीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होटलको लागि जनशक्ति उत्पादन गर्दै ईमराल्ड कलेज नेपालगन्ज

६ चैत्र २०७३, आईतवार १८:१४
सदरलाइनडटकम        ७ चैत, नेपालगन्ज : ईमराल्ड कलेज अफ अप्लाईड म्यानेजमेन्ट सुर्खेतरोड नेपालगन्जले होटल व्यावसाय सञ्चालनको लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विषेश कक्षाहरु सञ्चालनमा ल्याएको छ । नेपालगन्जमा दक्ष र स्वारोजगार मुलक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कलेजले छ महिने र १ वर्षे कक्षा सञ्चालनमा ल्याएको कलेजका सञ्चालक तथा निर्देशक […]