संकटा दोस्रो नेपालगन्ज गोल्डकप फुतबल प्रतियोगिताको फाइनलमा

३० फाल्गुन २०७३, सोमबार १९:४६
 

सदरलाइनडटकम    
३० फागुन, नेपालगन्ज : सीएमजी क्लव संकटा नेपालगन्जमा जारी दोस्रो नेपालगन्ज गोल्डकप फुतबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । साविक विजेता सुदूरपश्चिम–११ लाई हराउदै ट्राइबेकरमा ५–३ गोलले पराजित गर्दै संकटा फाइनलमा पुगेको हो ।
निर्धारित समयमा एक/एक गोल भएको थियो । १६ औं मिनेटमा अब्दुलले गरेको गोलले अग्रता लिएर सुदूरपश्चिमले संकटालाई दबाबमा राखेको थियो । सुदूरपश्चिमको रक्षापंक्तिलाई तोड्न नसकेको संकटाले अतिरिक्त समयमा आरोनले डीएरियाभित्र ह्याण्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै बराबरी गरेको थियो । खेल सकिन एक मिनेट अघि पाएको उक्त पेनाल्टीलाई संकटाका अनिल गुरुङले गोल गरेका थिए ।
एक/एक गोलको बराबरी भएपछि खेल ट्राइबेकरमा पुगेको थियो । ट्राइबेकरमा संकटाका पाँचै जनाले गोल गरेका थिए । सुदूरपश्चिमका कप्तान चेतन चौधरी गोल हुन सकेन । उनले सिधैं किपरको हातमा हानेका थिए । खेलमा सुदूरपश्चिमका आरोनले दुई वटा पहेलो कार्ड पाएर बाहिरिए । संकटाले यसअघि पनि खप्तड गोल्डकपमा सुदूरपश्चिम–११ लाई सेमिफाइनलबाटै घर पठाएको थियो । सोमबारको खेलमा सुदूरपश्चिमका नरेन्द्र चौधरी म्यान अफ द म्याच भए । आज मंगलबार दोस्रो सेमिफाइनल प्रहरी र रुपन्देही–११ का बीच हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मोर्चाप्रति टिप्पणी गर्दै नेपालगन्जमा ओलीले भने : भोट जनताको, पार्टी घर परिवारको

३० फाल्गुन २०७३, सोमबार १९:४६
रुद्र सुवेदी/सदरलाइन    १ चैत, नेपालगन्ज : नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशी मोर्चा प्रति टिप्पणी गर्दै भोट जनताको लिएर पार्टीलाई घरपरिवारको मात्र बनाउने गरेको टिप्पणी गरेका छन् । एमालेले आयोजना गरेको मेची–महाकाली अभियान अन्तरगत नेपालगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने–‘मधेशी जनताको लागि भन्दै आफु […]

सम्बन्धित