बाँके र बर्दियाका किसानले आम्दानीको लागि धमाधम सागुनको रुखहरु लगाउदै

५ फाल्गुन २०७३, बिहीबार १२:००
 

सदरलाइनडटकम 
५ फागुन, नेपालगन्ज : बाँके र बर्दियाका सर्वासाधारणहरुले धमाधम सागुनको रुखहरु लगाउन थालेका छन् । बलियो काठका रुपमा १५ वर्षपछि काट्न मिल्ने उक्त रुखको बिक्रीबाट राम्रो आम्दानी हुने भएपछि कृषकहरु उत्साहित भएका छन् ।
शिवशक्ति बायोप्लान्टेक प्रालिको प्राविधिक सहयोगबाट कृषकहरुले सगुनको रुख लगाइएका छन् । शिवशक्तिका सर्भिस म्यानेजर कमलकान्त सिंहका अनुसार, बाँके र बर्दियाका ६७ जना कृषकहरुले करिब दुई लाख रुख लगाएका छन् ।
कृषकहरुलाई शिवशक्तिले बिरुवा र अन्य प्राविधिक सहयोग गरेको सिंहले बताएका छन् । ‘तीन बर्ष अघिबाट कृषकहरुले सगुनको रुख लगाउन थाल्नुभएको हो ।’ सिंहले भने,–‘अहिले एकदेखि डेढ फिट मोटो र अठारदेखि २५ फिट सम्म लामो भइसकेको छ ।’ १५ बर्षपछि रुख काट्नका लागी तयार हुन्छ । अहिले मात्र सो काठको मुल्य प्रति क्युबिक फिट ३ हजारदेखि ४ हजारसम्म बिक्री भइरहेको छ ।
‘काठको समस्या भइरहेका बेला सगुनको काठले बजार लिइरहेको छ ’–सिंहले भने । बिहिवार बाँके र बर्दियाका सगुन कृषकहरुलाई भेला गरी आर्दश कृषक गोष्ठी कार्यक्रमको आयोजना गरिएको छ ।
सो अवसरमा कृषकहरुले नीजि वनको दर्ता लगायतका बिषयमा कुरा राखेका थिए । जिल्ला वन कार्यालय बाँकेका प्रमुख पुष्पराज बर्तौलाले प्रक्रियामा आए नीजि वन दर्ता गर्न कुनै समस्या नहुने बताए ।
कृषि विकास बैंक नेपालगञ्जका प्रमुख घनश्याम शर्माले कृषकहरुलाई ऋण आबश्यक परे सहयोग गर्ने पनि प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा शिवशक्ति बायो प्लान्टेक डिभिजनल म्यानेजर सन्जय पाण्डे,म्यानेजर र घुनन्दन चौहान, जेटिए प्रशान्त पाण्डे लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘बिद्यार्थी निर्वाचन : ‘लडाईं र पढाई’

५ फाल्गुन २०७३, बिहीबार १२:००
सरकारी बिश्वबिद्यालयहरुमा यही फागुन १४ गते स्वबियू निर्वाचन हुदैछ । आठ बर्षदेखि स्थगित यो निर्वाचन हुनु आफैमा नराम्रो कुरा होइन । तर यत्तिका बर्षसम्म निर्बाचन हुन नसक्नु या हुन नपाउनुमा को को जिम्मेवार छन् त्यसको सही किसिमले हिसाब किताब भएन भने यो चुनाव केवल चुनाबको लागि हुनेछ । जसरी राजीतिक […]