बाँकेमा सबैभन्दा बढी ६० कुष्ठरोगी भेटिए, खुलासीमाका कारण पहिचान र रोकथाम चुनौती बन्दै

१३ माघ २०७३, बिहीबार १३:०६
 

रुद्र सुवेदी/सदरलाइन    
१३ माघ, नेपालगन्ज : बाँकेमा सबैभन्दा बढी कुष्ठरोगी भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन २००९ मा कुष्ठरोग निवारण गरिएको भनिए पनि त्यसपछि यसक्षेत्रमा खोजतलास तथा रोगको बारेमा जनचेतना फैलाउन नसक्दा एक्कासी कुष्ठरोगीको संख्या र संक्रमितको संख्यामा बाँके मुलुककै अग्र स्थानमा रहेको छ ।
मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक रीता भण्डारी जोशीले बाँके देसैभरीको सबै भन्दा बढी नयाँ कुष्ठरोगी भएको जिल्लाको रुपमा रहेको बताएकी छन् । ६४ औं विश्व कुष्ठरोग दिवसको पूर्व सध्यामा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले नेपालगन्जमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले सो कुरा बताएकी हुन । ‘समयमा नै कुष्ठरोगको उपचार गरौं अपाङ्गता हुनबाट बचौं’ भन्ने मूल नाराका साथ कुष्ठरोग दिवस मनाउने क्रमको पूर्व संध्यामा कुष्ठरोगीको खोजी तथा उनीहरुको उपचारलाई तीब्र पारिएको उनले बताईन ।
उनले बढी कुष्ठरोगको संक्रमण भएको मुलुक कै पहिलो र तेस्रो जिल्ला बाँके र बर्दिया भएको तथ्याङ्कले देखाएको प्रसंग उल्लेख गर्दै भनिन–‘बाँके र बर्दिया कुष्ठरोगीको संख्याले पहिलो र तेस्रो सबैभन्दा बढी संक्रमित भएको जिल्लाको रुपमा भेटिएको छ । यो सबैभन्दा ठूलो चुनौती पूर्ण हो ।’ बाँके र बर्दियामा नयाँ कुष्ठरोगी खोजि अभियान सञ्चालन गरी तीन दिनसम्म भएको प्रयासमा पनि बाँकेमा ६० जाना कुष्ठरोगी रहेको र बर्दियामा ३३ जना नयाँ कुष्ठरोगी भेटिएको जानकारी दिईन ।उनले बाँके र बर्दियामा भेटिएका नयाँ कुष्ठरोगी मध्ये ३–३ जना बालबालिका संक्रमित रहेको भेटिनु जनस्वास्थ्यको हिसावले अत्यन्तै चुनौतीपूर्ण रहेको बताईन । क्षेत्रीय निर्देशक रिताले मध्यपश्चिमका १५ वटा जिल्ला प्रतिहजारमा १ दशमलभ १४ प्रतिशतलाई कुष्ठरोग भए पनि बाँकेमा २ दशमलभ ९६ प्रतिशत र बर्दियामा २ दशमलभ ७६ प्रतिशत नयाँ कुष्ठरोगको संक्रमण देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य प्रसाशक खिमबहादुर खड्काले खुला सिमाना र सरसफाईको कारण बाँकेमा कुष्ठरोगको अवस्था चिन्ता जनक रहेको पाईएको बताए । उनले नयाँ रोगी खोजि अभियानलाई बाँकेमा आईएनएफसंग सहकार्य गर्दै तीब्र पारिएको बताए । उनले पहिलोदिन १० जना दोस्रो दिन २० जना र तेस्रोदिन ३० जना गरी बाँकेमा मात्रै ६० जना नयाँ कुष्ठरोगी भेटिएको कारणले आफुहरुलाई अत्यन्तै संवेदनशिल हुन प्रेरित गरेको बताए ।
उनले भने–‘ अभियान वा दिवसलाई मध्यानजर गर्दै कार्यक्रम सञ्चालन गरिने परिपाटीलाई तोड्दै अन्य बेलामा समेत जिल्लाको स्वास्थ्य, पोषण तथा अन्य अवस्थाको बारेमा कार्यालय अत्यन्तै संवेदनशिल भएर कार्यक्षेत्रमा खटिने छ ।’ उनले कुष्ठरोग उपचारले निको हुने रोगको रुपमा जानकारी भएपनि सामाजिक कारण वा विभिन्न खाले संकोचको कारण स्वास्थ्य संस्थाहरुमा आउन नमानेको कारणले आफुुहरुको चुनौती बढेको बताए ।
उनले बाँके देशकै सबैभन्दा बढी कुष्ठरोगको संक्रमण भएको जिल्ला रहेकोले पनि यसको निदान, नयाँ रोगीको पहिचान र उपचार अत्यन्तै चिन्ताको विषय बनेको औल्याए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनसांस्कृतिक महासंघ बाँकेको छैंटौ जिल्ला सम्मेलन माघ १६मा हुँदै

१३ माघ २०७३, बिहीबार १३:०६
सदरलाइनडटकम   १३ माघ, नेपालगन्ज : जनसांस्कृतिक महासंघ बाँकेको छैंटौ जिल्ला सम्मेलन माघ १६ गते शहिद दिवशका अवसरमा भब्यताका साथ सम्पन्न हुने भएको छ । सो अवसरमा परिवर्तन एवं सम्बृद्धिका लागि कला, साहित्य र संगीत बिषयक अन्तरक्रिया, बहुभाषिक साहित्यीक गोष्ठि तथा जनबादी सांगितिक कार्यक्रम प्रस्तुत गरिने नेकपा एमाले सांस्कृतिक फांँटका […]