नेपाली कथानक चलचित्र विन्दास–फोरको शुभमुहुर्त

९ माघ २०७३, आईतवार १२:३८
 

सदरलाइनडटकम 
९ माघ नेपालगन्ज : नेपाली कथानक चलचित्र विन्दास–फोरको आईतबार नेपालगन्जमा एक कार्यक्रमका बीचमा शुभ मुहुर्त गरिएको छ । नेपालगन्जको वागेश्वरी मन्दिरमा पूजाआजा गरि चलचित्र विन्दास–फोरको शुभमुहुर्त गरिएको हो ।
नेपाली फिल्म क्षेत्रका चर्चित निर्देशक राजु गिरिको निर्माणमा बन्न लागेको विन्दास फोरको सुटिङ बाँके बर्दिया, सुर्खेत र दाङमा गरिने जानकारीमा आएको छ ।
मध्यपश्चिमका विभिन्न जिल्लाहरु मै चलचित्रको ९० प्रतिशत सुटिङग गरिने गरी तयारी भएको निर्देशक गिरीले बताए । विन्दास–फोर चलचित्र विन्दास जस्तो बन्ने आशा रहेको उनले विश्वास व्यक्त गर्दै चलचित्रको कथावस्तु अहिले समाजमा
वितिरहेका घटना र विकास क्रमलाई समेतेर बनाइरहेको हुनाले विन्दासले वजार पाउने पक्का रहेको उनको दावी छ ।
सह निर्माता लक्ष्मण केसील कलाकारिता क्षेत्र आफ्नो रुची रहेको हुनाले चलचित्र क्षेत्रमा लगानी गर्ने अवसर मिलेको बताए । यातायात व्यवसायी समेत रहेका केसीले विन्दास फोर चलचित्रको कथा वस्तु अहिलेको जेनेरेशनका अनुसार रहेकोले दर्शकहरुले मनपराउने दावी गरे ।
चलचित्रमा स्थानिय कलाकारहरुको समेत भुमिका रहेको हुनाले मध्यपश्चि क्षेत्रमा बढि बजार पाउने उनले बताए । ५० लाखको लागतमा बन्न लागेको विन्दास फोर चलचित्रमा रिचर्ड कुमार, चिरण अधिकारी लगायतका कलाकारहरुको भुमिका रहेको अर्का सह निर्माता राजन वैश्यले जानकारी दिए । कार्यकारी निर्माता खगेन्द्र तिरुवाले गर्न लागेको विन्दास फोरमा अर्जुन पोखरेलले म्युजिक दिएका छन् । चलचित्रमा ३ वटा गीत र २ वटा द्वन्द्वसमेत रहेको निर्माता खगेन्द्रले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पहिलो खजुरा महोत्सव सुरु सद्भावमय बताबरणमा उद्घाटन

९ माघ २०७३, आईतवार १२:३८
सदरलाइनडटकम  ११ माघ,खजुरा (बाँके) : बाँकेको खजुरामा पहिलो पटक खजुरा महोत्सव तथा व्यापारिक मेला सुरु भएको छ । बागेश्वरी गाविस कार्यालयसँगै जोडिएको ‘मुसबेटवाबाबा’ को मजारमा बाँके क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद दलबहादुर सुनारले च्यादर ओढाएर महोत्सवको उद्घाटन गरे । मुसबेटवा बाबा मजार स्वयम हिन्दु र ईस्लाम धर्मावलम्बीहरुको सद्भावको प्रतिक […]

सम्बन्धित