मानव बेचबिखन बिरुद्ध दुई दिने अन्तरदेशिय कार्यशाला नेपालगन्जमा सुरु

३ पुष २०७३, आईतवार १२:२४
 

सदरलाइनडटकम,  
३ पुस, नेपालगन्ज : मानव बेचविखन बिरुद्धको दुई दिने अन्तरदेशिय कार्यशाला नेपालगन्जमा सुरु भएको छ । नेपाल–भारतका अधिकारी तथा सो क्षेत्रमा क्रियाशिल नागरिक अगुवाहरुको सहभागिता रहेको कार्यशालाले दुईदिनमा यो क्षेत्रको चुनौती तथा संभावनाहरुको खोजि गर्ने बताईएको छ ।
मानव बेचबिखन बिरुद्धको जिल्लास्तरिय समितिको निर्णय र माईती नेपालको आयोजनामा शुरु भएको अन्तरदेशिय मानवबेचखिबन बिरुद्धको कार्यशालामा नेपाल–भारतका सुरक्षा निकायका अधिकारी, गैरसरकारी निकायका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको छ ।
कार्यशालाको उद्घाटन गर्दै बाँके जिल्ला अदलातका न्यायाधिस बिष्णुप्रसाद कोइरालाले दुई देशबीचका विभिन्न निकायबीचको सहकार्यले मात्र मानव बेचिबिखन रोक्न सकिने भन्दै कार्यशालामा महत्वपूर्ण बिषयमा छलफल हुने बिश्वास लिए ।


उनले भने,–‘मानव बेचिबिखनको समस्या कुनै एउटा देशको समस्या रहेन अब । बिश्वकै समस्या बनेको छ । हामी सबै एकजुट हुन सक्यौ भने रोकिन्छ पनि । ’ उनले यस्ता अपराधलाई निर्मूल गर्नको लागि सुचनाको क्षेत्रमा समेत राम्रो दक्षता राख्नु पर्ने सुझाव दिए ।
सोही कार्याशालाको उद्घाटन सत्रमा बोल्दै बांँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले मानवबेचबिखन रोक्नका लागि सरकारी निकायले गर्दै आएको काममा गैरसरकारी निकायले हातेमालो गर्दै आएको खुसी ब्यक्त गरे । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेकप्रसाद राईले ग्रामिण क्षेत्रसम्म बेचबिखनका बिरुद्धमा प्रचारप्रसारको आबश्यकता पर्ने बताए । उनले बेचखिबनका बिरुद्धमा प्रहरी सक्रिय रहेको उल्लेख गरे ।



माईती नेपालका बरिष्ठ कार्यक्रम अधिकृत सविन गुरुङ्गले कार्यक्रमको उद्देश्यमाथि प्रकास पारेका थिए । दुईदेशबीच सूचना आदानप्रदान, उद्दारको संयन्त्र निर्माण र उद्दारका क्षेत्रमा सहकार्य लगायतको विषयमा छलफल हुने बताईएको छ ।
माईती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले सहजिकरण गरेको कार्यक्रममा उच्च अदालत तुल्सीपुर नेपालगन्ज बेन्च बारका अध्यक्ष बलबहादुर चन्द, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष रुद्र सुवेदी, भारतीय पत्रकार एसके मधेशिया, गैसस महासंघका प्रमोद रिजाल, उत्तराञ्चल विकास संस्थान भारतका अभियन्ता तेजसिंह भण्डारी, बाल हेल्पलाईन भारत बहराईचका डा. जितेन्द्र चर्तुरबेदी लगायतले कार्यशालाले मानव बेचबिखनका विरुद्ध उल्लेखनिय योजना निर्माण गर्ने र आएको निष्कर्षका आधारमा बेचबिखनका बिरुद्धमा कदम चाल्न सहज हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

थारु भाषाका पाँच साहित्यकार सम्मानित

३ पुष २०७३, आईतवार १२:२४
सदरलाइनडटकम,  ४ पुस, बर्दिया : जंग्रार साहित्यिक बखेरीको पाँचौ बार्षिक उत्सबमा पाँचजना साहित्यकार सम्मानित भएका छन् । यसैगरि सोहि अवसरमा साहित्य र गीतबिधामा महत्वपूर्ण योगदान गरे बापत ४ जना स्रष्टाहरु पुरस्कृत भएका छन् । सम्मानित हुनेहरुमा बरिष्ठ साहित्यकार कृष्णराज सर्बहारी, लेखक तथा गायककार सुशील चौधरी, लेखिका बालिका चौधरी, गायक दर्पण […]

सम्बन्धित