कोहलपुरमा बृहत कवि गोष्ठि सम्पन्न

१९ कार्तिक २०७३, शुक्रबार १३:०८
 

सदरलाइनडटकम,     unnamed (1)
१९ कात्तिक, कोहलपुर : हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान र कला साहित्यडटकमको सहकार्यमा कोहलपुरमा बृहत काव्य गोष्ठि सम्पन्न भएको छ । नेपाली साहित्य राजधानीमा मात्रै केन्द्रित नभइ देश भित्र र बाहिर लैजान आवश्यक रहेको र सोहि अनुरुप कविताकै लागि पश्चिम आएको कला साहित्यडटकम काठमाण्डौकी अध्यक्ष तथा कवि मोमिलाले बताइन ।
कार्यक्रममा बोल्दै समालोचक गोविन्दराज भट्टराईले नेपाली कवितामा गर्न सकिने धेरै सम्भावनाहरु छन् । त्यसलाई जगेर्ना गर्नु र राम्रा कविताहरुलाई बाहिर ल्याउनु पर्नेमा जोड दिए ।कविता सुनेपछि पश्चिमको कविता शसक्त भएको र आफुले राम्रा कविताहरु सुन्न पाएकोमा दंग परेको कार्यक्रमका प्रमुख अतिथि तथा बरिष्ठ कवि तुलसी दिवसले बताए ।उनले नेपाली कवितालाई अझै राम्रो बनाउन पश्चिमका कविताहरुले महत्व राख्ने पनि बताए । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा कथाकार सनत रेग्मीले पश्चिम नेपाली कविताका लागि उर्वरभूमि रहेको दाबी गरे । कार्यक्रममा कोलहपुरका कवि भुपेन्द्र सुवेदीको दोस्रो कविता संग्रह आदर्श चिन्तनको पनि विमोचन गरिएको थियो ।
कार्यक्रममा प्रदिप भट्टराई, कपिल अन्जान, विपि अस्तु, सन्तोषि विष्ट, पुष्कर रिजाल, अनुप आवारा, शान्ति अधिकारी, ऋचा लुइटेल, हुकुम धड्कन र काठमाण्डौबाट आएका कवि केशव सिग्देल, डा. कृष्णराज डि.सी., सगोत्री आचार्य, रसिक किँराती, अनुपम रोशी, मणी लोहनी लगायतले कविता वाचन गरेका थिए । सो कार्यक्रममा उषा शेरचन, जयदेव भट्टराई, सागर गैरे लगायतको उपस्थिती रहेको थियो ।
कला साहित्य डट कमका अध्यक्ष तथा कवि मोमिलाले आफुहरु राजधानीभन्दा बाहिर गएर कविहरुलाई हौसला थप्दै आएको बताइन् । संयुक्त रुपमा आयोजना गरिएको काव्य गोष्ठिमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष महानन्द ढकालले पश्चिमका कवितालाई अझै शसक्त बनाउन लागि पर्ने बताए ।


333

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जोहो गर्दै !

१९ कार्तिक २०७३, शुक्रबार १३:०८
जुम्ला चन्दननाथ नगरपालिका–११ तलिउमकी एक महिला जुम्लाको प्रशिद्ध कालिमार्से धान दाउदै । फोटो: रुद्र सुवेदी/सदरलाइन 

सम्बन्धित