भित्रिए सुविधा सम्पन्न एसी सस्पेन्सन बस

१ आश्विन २०७३, शनिबार ११:४१
 

सिण्डिकेट पक्षधरले सञ्चालनमा नआउदै बस तोडफो गरेको सञ्चालको आरोप

सदरलाइनडटकम bus 2 
१ असोज, नेपालगन्ज : भेरी यातायात प्रालि प्रधान कार्यालय बर्दिया गुलरियाले बाँके र बर्दियाका यात्रुहरुलाई स्तरीय सेवा पु¥याउने उद्देश्यका साथ सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ ।
बिश्वकर्मा पुजाको अवसर पारेर भएको कार्यक्रममा नागरिक समाज बर्दियाका संयोजक बालकृष्ण वलीले प्रधान कार्यालयको उद्घाटन गर्दै बर्दियाबाट स्तरीय बस सेवा संचालन गर्न लागेकोमा प्रालिलाई धनयबाद दिए ।
‘बर्दियाका विकट क्षेत्रबाट एसि सस्पेन्सन जस्ता स्तरीय बसहरु संचालन हुनु समग्र बर्दियाबासीका लागि गौरबको बिषय हो’–संयोजक वलीले भने । सो अवसरमा नेकपा एमाले बर्दियाका अध्यक्ष हरी ज्ञवाली लगायतले शुभकामना मन्तव्य दिदै भेरी यातायात प्रालिको सफलताको कामना गरेका थिए । भेरी यातायात प्रालिले स्तरीय बस सेवा संचालनका लागि हाल ९ वटा एसि सस्पेन्सन बसहरु भित्राईसकेको छ ।
यहि असोज ३ गतेदेखि बस सेवा औपचारिक सुरुवात गरिने प्रालिका अध्यक्ष राजेन्द्र गिरीले जानकारी दिए । प्रालिको प्रधन कार्यालय बर्दियाको गुलरियामा राखिएको छ भने नेपालगन्जमा मुख्य शाखा कार्यालय रहेको छ । यसैबीचे भेरी यातायात प्रालिको बस सेवा सुरु नहुँदै एउटा बसमा तोडफोड गरिएको छ ।unnamed
बाँकेको नेपालगन्जस्थित कारकाँदोमा ना ६ ख ८४४४ नम्बरको बसमा सिण्डिकेट पक्षधर यातायात व्यवसायी समितिले परिचालन गरेका व्यक्तिको समुहले बसमा तोडफोड गरेको प्रालिका अध्यक्ष गिरीले जानकारी दिए । तोडफोडबाट बसको पछाडीपट्टीका दुईवटा शिशाहरु फुटेका छन् ।
बसका शिशाहरु फुटाईपछि भेरी यातायत प्रालिले तोडफोडमा संलग्नलाई कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा लिखित निवेदन दिएको छ । प्रालिका महासचिव उमेश गुराईगाईका अनुसार जिएसएम जडान गरिएको बसका लागि टिकटको ईबुकिङ सुविधा समेत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमै उच्च न्यायालय र राजधानी माग गर्दै ज्ञापनपत्र बुझाईयो

१ आश्विन २०७३, शनिबार ११:४१
सदरलाइनडटकम २ असोज, नेपालगन्ज : नेपाल सरकारले प्रदेश नं ५को राजधानी तथा प्रादेशिक उच्च न्यायालय नेपालगन्जमा कायम गर्न माग गर्दै विरोधका कार्यक्रम अघि सारिएको छ ।              पुनरावेदन अदालत बार एशोशिएन नेपालगन्ज तथा बाके जिल्ला बार एशोशिएसनले नेपालगन्जमा प्रयाप्त मात्रामा पूर्वाधार र संभावना हुँदाहुँदै सरकारले पूर्वाग्रही […]

सम्बन्धित