राष्ट्रसंघ महासचिवका लागि एन्टोनियो अगाडि

९ श्रावण २०७३, आईतवार १३:५४
 

न्युयोर्क/एजेन्सी– संयुक्त राष्ट्र संघको आगामी महासचिवका १२ उम्मेदवारमध्ये पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुतेरेस सबैभन्दा अघि देखिएका छन् । एक मतसर्वेक्षणमा उनी स्लोभेनियाका डानिलो तुर्क र बुल्गेरियाकी इरिना बोकोवा पनि प्रतिस्पर्धामा देखिएका छन् । प्रत्येक उम्मेदवारसँग गरिएको छलफलपछि यो मतसर्वेक्षण सार्वजनिक गरिएको हो ।एन्टोनियोले राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तका रूपमा पनि १० वर्ष काम 3af8dd873477c0d0d5effd230c908c96गरिसकेका छन् । उनीपछि स्लोभाकियाका पूर्वराष्ट्रपति डानिलो र बुल्गेरियाकी इरिना बोकोवा रहेका छन् । इरिना युनेस्कोकी महानिर्देशक बनिसकेकी छन् । चुनावअघि सार्वजनिक गरिएको ‘स्ट्रापोल’ एक यस्तो निर्देशनात्मक चुनाव हो, यसले उम्मेदवारको दौड र प्रतिस्पर्धा कुन दिशातिर जान्छ भन्ने दिशा प्रष्ट पार्ने गर्छ ।
वर्तमान महासचिव बान कि मुनको कार्यकाल यसै वर्षको ३१ डिसेम्बरमा सकिने छ । उनी राष्ट्रसंघका ८औं महासचिव हुन् । उनले सन् २००७ मा आफ्नो पदभार ग्रहण गरेका थिए । राष्ट्रसंघीय महासचिवको निर्वाचनमा यसपटक बृहत् प्रक्रिया अपनाइएको छ । यसपटक महासभाले चयन प्रक्रियालाई पारदर्शी र समावेशी बनाउनका लागि सक्रिय भूमिका निर्वाह गरिरहेको छ । इतिहासमै पहिलोपटक उम्मेदवारलाई आफ्नो संक्षिप्त विवरण पेस गर्न र महासभामा अनौपचारिक ब्रिफिङमा सहभागिता जनाउन आग्रह गरिएको छ । साभारः राजधानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जिल्ला प्रशासन कार्यालय बाँकेले गर्यो करिव ४ करोड राजस्व संकलन

९ श्रावण २०७३, आईतवार १३:५४
  सदरलाइनडटकम,   १० साउन, नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले राहदानी सिफारिस तथा विभिन्न दण्ड जरिवानासमेतबाट गत आर्थिक वर्षमा करिव चार करोडको हाराहारीमा राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयका अनुसार राजस्व सबै भन्दा बढी राहदानी सिफारीसबाट र सबै भन्दा न्यून टेण्डर विक्रिबाट संकलन गरिएको छ । गत आर्थिक […]